RK City Center came into operation in Biratnagar

RK City Center came into operation in Biratnagar

विराटनगर। विराटनगरमा शुक्रबारदेखि  आरके सिटी सेन्टर संचालनमा आएको छ। सेन्टरले  बिभिन्नगार्मेन्टतर्फ २० हजारको खरिदमा ८ हजार छुट दिएको छ । गार्मेन्टमा १५ प्रतिशत छुट दिएको सेन्टरले २० हजारमाथिको खरिदमा थप ५ हजार क्यास ब्याक दिएको जनाएको छ।

‘यस हिसाबले २० हजारको खरिदमा ८ हजार छुट भयो’, सेन्टरका प्रबन्धक राजेश प्रसाईंले भने, ‘१५ प्रतिशत छुटको ३ हजार र क्यासब्याक ५ हजार ।’

सेन्टरले होम डेकोर र गिफ्ट आइटममा १५ प्रतिशत, फर्निचरमा १५, गार्मेन्टमा १५, इलेक्ट्रोनिक्समा १०, पेय पदार्थमा ५ र ग्रोसरीमा ५ देखि १५ प्रतिशत छुट दिइरहेको प्रबन्धक प्रसाईंले जानकारी दिए ।

‘गार्मेन्टमा १५ प्रतिशतसहित थप छुट पनि छ’, उनले भने, ‘६ हजारदेखि ९ हजार ९ सय ९९ सम्मको खरिदमा १ हजार क्यासब्याक, १० हजारदेखि १९ हजार ९ सय ९९ सम्मको खरिदमा २ हजार क्यासब्याक र २० हजार माथिको खरिदमा ५ हजार क्यास ब्याकको स्किम छ ।’

सेन्टरले छुटको योजना चैत महिनाभरि चलाइने र वैशाख लागेपछि नयाँ स्किमको घोषणा गरिने उनले उल्लेख गरे ।

विराटनगर ८ स्थित हाटखोलामा अवस्थित ८ तले सिटी सेन्टरमा अत्याधुनिक मल्टिप्लेक्स, रुफ टप स्विमिङ पुल, रुफ टप स्काई बार, जिम, जुम्बा, अक्वा जुम्बा, किड्स प्ले जोन र बोता मोमोको फ्रेन्चाइज राखिएका छन् ।

बोता मोमोका सञ्चालक सविन श्रेष्ठका अनुसार बोताको काठमाडौंबाहिर यो पहिलो फ्रेन्चाइज हो । बोताले विभिन्न स्वादका १५ प्रकारको मोमो उत्पादन गरिरहेको छ । साथै मोमोसित ४ प्रकारका चटनी दिने गरेको छ ।

Source: bizmandu.com

*Revive Management has aggregated the information and does not guarantee, approve or endorse the information provided.