Online stock trading exceeds 1 lakh, which broker is the investor's choice?

Online stock trading exceeds 1 lakh, which broker is the investor's choice?

एक महिनाको अवधिमा ५५ हजार बढी लगानीकर्ताले अनलाइन मार्फत शेयर कारोबारको लागि आइडी र पासवर्ड लिएका छन् । भदौ १४ गतेदेखि असोज १३ गतेसम्मको अवधिमा ५५ हजार ८ सय ८३ जना अनलाइन प्रणालीमा आवद्द भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

यस सँगै नेपालमा अनलाईन प्रणाली मार्फत शेयर कारोबार गर्नेको संख्या १ लाख २० हजार ४ सय ४ सय ९९ पुगेको छ ।  कुल ३ लाख ३७ हजर ३ सय ६० जना सक्रिय लगानीकर्ता रहेकोमा ३५. ७१ प्रतिशतले अनलाईन प्रणालीमा आवद्द भएको नेप्सेले जनाएको हो । 

नेप्सेका अनुसार प्रतिशतको आधारमा सबै भन्दा धेरै कोहिनुर सेक्युरिटिजमा आवद्द रहेका ८८.५४ प्रतिशतले अनलाईन प्रणालीको युजर नेम र पासवर्ड लिएका छन् । त्यस्तै संख्याको आधारमा नासा सेक्युरिटिजबाट सबैभन्दा धेरै १० हजार ७ सय ९० र सानी सेक्युरिटिजबाट  १० हजार ९ सय ८ जनाले अनलाईन सेवा लिएका छन्। त्यस्तै दीपशिखाबाट ७ हजार ६ सय ३३ लगानीकर्ताले, भिजनबाट ५ हजार ९ सय २३ जनाले, अनलाइन सेक्युरिटिजबाट ४ हजार ४ सय ६३ जनाले  र कोहिनुरबाट ४ हजार ९५ जनाले आईडी पासवर्ड लिएका छन् । यस हिसाबमा लगानीकर्ताको रोजाईमा नासा, सानी, दीपशिखा, भिजन, अनलाइन र कोहिनुर लगायत देखिन्छ । सबै भन्दा कम अनलाईन लगानीकर्ता सगरमाथा सेक्युरिटिजको २४२ , सिप्ला सेक्युरिटिजको ५१२ र आशुतोसबाट ७५७ जना अनलाइन लगानीकर्ता  छन्  । 

निषेधाज्ञापछि घर बाट नै कारोबार गर्ने लगानीकर्ताको संख्या बढ्दै गएको छ । 

त्यस्तै अब शेयर कारोबारको भुक्तानी अनलाईन प्रणाली मार्फत मात्र हुने भएपछि पनि अनलाईन सेवा लिने लगानीकर्ता बढेका हुन् ।  ब्रोकरहरुले  अनलाईन बैंकिङ्ग, कनेक्ट आईपीएस लगायतका इटरनेट तथा बिद्युतिय भुक्तानी प्रणालीहरुमा आबद्ध हुनको लागि लगानीकर्तालाई आग्रह गरेका छन् । ब्रोकरहरुले ब्रोकरलाई अग्रीम रुपमा तथा धितोपत्र खरिद पश्चातगर्ने भुक्तानी विधुत्तिय माध्यमबाट मात्र गरिदिन समेत आग्रह गरेका छन् । 

हेर्नुस कुन ब्रोकरको कति ?

Source: http://bizpati.com/punjibazar/42283