Gyapu Marketplace giving Anniversary Offer

Gyapu Marketplace giving Anniversary Offer

अनलाइन सपिङ बजार ग्यापुले आफ्नो वार्षिकोत्सवको अवसरमा सामान खरिद गरेबापत आकर्षक उपहार तथा भारी छुटको व्यवस्था गरेको छ।

यही वैशाख १ देखि ३ गतेसम्म उक्त सपिङ बजारबाट सामग्री खरिद गरे ८० प्रतिशत छुट पाइनेदेखि आकर्षक उपहार पनि पाइन्छ। 

यसै अवसरमा ग्यापुले अनलाइन मेला पनि सञ्चालन गरेको छ, जहाँ ग्राहकहरूले दैनिक उपहार तथा कम मूल्यमा सामान खरिद गर्न सक्नेछन्। 

योसँगै स्मार्ट फोन, स्मार्ट घडी, स्मार्ट टिभी, ट्राभल भौचर, सपिङ भौचर, टुर प्याकेज तथा अन्य उपहार जित्ने मौका पाइन्छ। त्यस्तै खरिद गर्दा ३० प्रतिशत पैसा फिर्ता पनि पाइन्छ। 

 

यो अवसरमा ग्यापुबाट ग्राहकहरूले इलेक्ट्रोनिक सामान, घर तथा किचेनका सामान, मेकअप तथा सौन्दर्यका सामग्री, किताब तथा बालबालिकाहरूलाई खेलौना पनि किन्न सक्छन्। 

इलेक्ट्रोनिक सामान

ग्यापुले इलेक्ट्रोनिक सामानमा विभिन्न अफर तथा छुटको व्यवस्था गरेको छ। यहाँबाट गर्मीका लागि फ्यान, रेफ्रिजेरेटर, गीत सुन्न र फिल्म हेर्नका लागि स्टेरियो, क्यामेरा, भिडियो गेम, ल्यापटप पाउन सकिन्छ। 

घरका सामान

घरका लागि चाहिने सबै किसिमका सामान ग्यापुमा उपलब्ध छन्। खाना पकाउन आधुनिक माइक्रोवेभदेखि सफा गर्न भ्याकुम क्लिनर, क्यासट, वासिङ मेसिन, ग्राइन्डर पाइन्छ। यस्तो अवसर नगुमाउनुहोस्। सुपथ मूल्यमा यी सामान पाइन्छ। 

सौन्दर्यका सामान

सुन्दर बन्नका लागि चाहिने सबै किसिमका सामान पनि यस अनलाइन सपिङ बजारमा उपलब्ध छ। छालालाई स्याहार्ने दैनिक क्रिमदेखि चाउरी पर्न नदिने क्रिम र ब्राण्ड अनुसारका मेकअप सामान उपलब्ध छन्। यसमा ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ। 

फेसन

आकर्षक देखिनका लागि आकर्षक पहिरनको जरूरी हुन्छ। आफ्नो स्टाइलको हिसाबमा लुगा, गहना, जुत्ता र अन्य सामग्री खरिद गरी भारी छुट पाउन सकिन्छ।

किताब

किताब किनेर पढ्ने बानी धेरै नै राम्रो हो। यदि किताब किने पढ्ने बानी भए विभिन्न किसिमका किताब यहाँ उपलब्ध छ। फिक्सन, नन् फिक्सन, फेरिटेल, सेल्फ हेल्प, जियोग्राफी, साइन्स जस्ता विभिन्न विधाका किताब लिन सकिन्छ। 

खेलौना

बालबालिकालाई उनीहरूको उमेर अनुसारको खेलौना ग्यापुले उपलब्ध गराएको छ। महँगो खेलौना देखेर हैरान हुनुहुन्छ भने आत्तिनु पर्दैन। सुपथ मूल्यमा खोलौना खरिद गरी उनीहरूको बाल्यकाललाई यादगार बनाइदिन सकिन्छ। 

ग्यापुको वार्षिकोत्सवको अवसरमा खरिद गरी धेरै उपहारका साथै भीडभाडमा गएर सपिङ गर्नुपर्ने झन्झटबाट मुक्त हुन सकिन्छ। गुणस्तरीय सामग्रीको साथमा बचत गर्न ‘ग्यापु" बजार राम्रो छनोट हुनसक्छ। 

Source: https://www.setopati.com/kinmel/others/234429

 * Revive Management has aggregated the information and do not guarantee, approve or endorse the information provided.