Bardan Online Store now in Kathmandu and Butwal

Bardan Online Store now in Kathmandu and Butwal

पोखरा र चितवनमा सेवा दिदै आएको बरदान अनलाईन स्टोरले काठमाडौं र बुटवलमा पनि सोवा दिने भएको छ । लकडाउनको अवधिमा पोखराबाट सेवा सुरु गरेको स्टोरले लकडाउन कै बिच चितवनमा पनि सेवा सुचारु गरेको थियो । स्टोरले आफ्नो कार्यालयको स्थानबाट १५ किलोमिटर दूरीसम्म निःशुल्क होम डेलिभरी गर्दै आएको जनाएको छ । 

 स्टोरले वैशाखबाट होम डेलिभरी सेवा दिन थालेको कर्याकारी प्रमुख सन्जिब पौडेलले बताए । ‘अहिले पोखरामा मात्रै ५ हजार उपभोक्ताले सेवा लिइरहेका छन्,’ उनले भने, ‘छिटै काठमाडौं र बुटवलमा पनि सुरु गर्ने योजना छ।' 

स्टोरले हालसम्म २० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ। स्टोरको आधिकारिक वेबसाइटमा आफुले चाहेको सामान अर्डर गर्न सकिन्छ । साथै ९८०२८४११२२ मा फोन गरेर अर्डर टिपाउन सकिने जनाइएको छ। यस्तै, कम्पनीले मोबाइल एप पनि छिट्टै आउने निर्देशक बैभब पौडेलले बताएका छन् ।  सामान खरिद गरेपछि इसेवा, खल्ती, कनेक्ट आइपिएस, आएमई पे, बैकंका अन्य कार्डबाट पैसा तिर्न सकिनेछ । 

दशैंलाई लक्षित गर्दै बर्दानले विभिन्न छुट तथा आकर्षक उपहारहरु पनी छिटै बजारमा ल्याउने जनाएको छ । हाल स्टोरले किराना, बच्चाकाको लागि खाना, सुरक्षा, चकलेट, सफा गर्न प्रयोग गरिने बस्तु, विद्युतीय सामाग्री, मोबाइल फोन, नेपाली तथा अङ्ग्रेजीका किताब, खानेकुरा, गर गहना, घडि चस्मा, भान्साका सामाग्रीहरुको होम डेलिभरी गरिरहेको छ। केही दिनमै मदिराको समेत बिक्रि सुरु गरिने पौडेलले बताए।

Source: bizpati.com/brand-product/42113