With access to finance, the number of Internet and mobile banking users has increased.
May 23, 2021
वित्तीय पहुँचसंगै प्रविधिमा आधारित बैंकिंङ पनि बढिरहेको तथ्यांक सार्वजनिक भएको छ। वित्तीय पहुँच ६१ प्रतिशत पुग्दा इन्टरनेटमा आधारित बैंकिंङ प्रयोगकर्ताको संख्या बढेको नेपाल राष्ट्र बैंकको एक प्रतिबेदनमा उल्लेख छ।
राष्ट्र बैंकले तिनपुस्ते विवरणको आधारमा एक भन्दा बढी बैंक खाता भएकोलाई हटाउँदा गत असार मसान्तसम्म १ करोड ८० लाख जनसंख्याको बैंकमा खाता भएको भन्दै यो संख्या कुल संख्याको ६०.९ प्रतिशतको आधाारमा वित्तीय पहुँच पनि ६०.९ प्रतिशत पुगेको प्रतिवेदन प्रकाशित गरेको छ। २०१४ मा भएको एक अध्ययनले भने ४० प्रतिशत जनसंख्या मात्रै वित्तीय पहुचमा रहेको देखाएको थियो । यसलाई आधार मान्दा ५ वर्षमा करि २१ प्रतिशतले वित्तीय पहुँच बढेको देखाउँछ ।
नेपाल सरकारले अघि सारेको हरेक स्थानीय तहमा एक बाणिज्य बैंकको नीतिले बाणिज्य बैंक, विकास बैंक र फाइनान्सको शाखा बढेर ५ हजार २५७ पुगेको छ। जसले गर्दा गत भदौ मसान्तसम्म २ करोड ७८ लाख ६६ हजार भन्दा बढी निक्षेप खाता पुगेको छ। यदपि निक्षेप खाताको तुलनामा कर्जा खाता अत्यन्त न्यून देखिन्छ। गत भदौ मसान्तसम्ममा १४ लाख ३९ हजार ६४८ कर्जा खाता छन।
वित्तीय पहुँचको मापनको लागि निक्षेप र कर्जाको खाता संख्यासंगै मुलुकको कुल जनसंख्या र बैंक शाखाको अनुपातलाई समेत हेर्ने गरिन्छ। लघुवित्तको समेत जोड्ने हो भने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ हजार ८०५ पुगेको छ । बैंक तथा वित्तीय संस्थाको प्रतिशाखा जनसंख्या ३ हजार ३६३ देखिन्छ।
लघुवित्त र सहकारी संस्थानबाट सेवा लिनेलाई पनि थप गर्ने हो भने वित्तीय पहुँच अझैं बढी देखिने राष्ट्र बैंकले जनाएको छ। तर राष्ट्र बैंको उक्त तथ्याङकमा उल्लेख भएजस्तो वित्तीय पहुँच नबढेको बैंकहररुको दाबि छ। नेपाल सरकारको योजना अनुसार नेपाल राष्ट्र बैंकले हरेक स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुर्याउने निति लिएपछि बैंकहरुको शाखासँगै वित्तीय पहुँच पनि वृद्धि भएको तर ६० प्रतिशत भन्दा माथि नागरिक बैंकिङ पहुँचमा आएको भन्ने अवस्था नरहेको ति बैंकर बताउँछन् ।
पछिल्लो एक वर्षमा मात्रै ९३५ वटा बैंक शाखा थपिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । २०७५ भदौ मसान्तमा वाणिज्य तथा विकास बैंक र फाइनान्स कम्पनीको गरेर ४ हजार ३२२ वटा शाखा रहेकोमा २०७६ भदौ मसान्तमा उक्त संख्या ५ हजार २ सय ५७ पुगेको छ । एक वर्षमा वाणिज्य बैंकको ६ सय ४७ वटा शाखा विस्तार भई ३ हजार ७ सय ४० पुगेको छ । त्यस्तै विकास बैंकको २६५ बढेर १ हजार ३ सय ८ र फाइनान्स कम्पनीको २३ वटा बढेर दुई सय ९ वटा पुगेको छ ।
इन्टरनेट र मोबाईल प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि
वित्तीय पहुँचसँगै इन्टरनेटमा आधारित बैंकिंङ प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। २०७६ भदौ मसान्तमा मोबाईल बैंकिङ प्रयोगकर्ताको ८३ लाख ४७ हजार १ सय ८७ पुगेको छ। त्यस्तै इन्टरनेट बैंकिङ प्रयोगकर्ता ९ लाख १७ हजार ३ सय ४४ डेविट कार्ड प्रयोगकर्ता ६७ लाख ८ हजार ५ सय २१ क्रेडिट कार्ड प्रयोगकर्ता १ लाख २३ हजार १ सय ४६ र प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या ६७ हजार ३ सय ८६ पुगेको नेपा राष्ट्र बैंकको तथ्याङ छ ।
गत आर्थिक वर्षको सोही अवधिमा मोबाइल बैंकिङ, इन्रनेट बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या क्रमशः ५० लाख ६६ हजार ६९, ८ लाख ३४ हजार ३ सय २, ५५ लाख ४४ हजार २ सय ५३, १ लाख ४ हजार ७ सय २१ र ९६ हजार ८ सय १६ जना रहेका थिए । एक वर्षको अवधिमा माबाई बैंकिङ प्रयोगकर्ता ३३ लाखले वृद्धि भएर डेविट कार्ड प्रयोकर्ताको संख्या भन्दा बढी पुगेको छ । सोही अवधिमा डेविट कार्ड प्रयोगकर्ताको संख्या भने १२ लाखले बढेर ६७ लाख पुगेको छ ।
Source: http://bizpati.com/fintech/31024
*Revive Management has aggregated the information from the internet and does not guarantee, approve or endorse the information provided.
Related
-
Jul 7, 2021
25 Tips for Digital Marketing
-
Jul 6, 2021
Why Ecommerce Companies Fail In Nepal ?
-
Jun 24, 2021
5 Trends in Digital Marketing for Small Businesses
-
May 30, 2021
Corona changes global 'shopping trend', online shopping to stay safe.
-
May 30, 2021
Now you can get a card from a bank to spend in dollars, these are the conditions
Recent News
-
May 4, 2022
Stakeholder emphasis on improving the 'Digital Nepal Framework'
-
Mar 29, 2022
E-commerce going strong despite reopening of street markets
-
Feb 7, 2022
E-commerce shines as pandemic bites
-
Feb 7, 2022
Daraz launches ‘Celebrate Love’ campaign
-
Feb 7, 2022
7 Social Commerce Tips & Who’s Doing It Right
-
Jul 12, 2021
Growth of Internet in Nepal