The rules to attract foreign investment in the stock market, making venture capital more comfortable

The rules to attract foreign investment in the stock market, making venture capital more comfortable

काठमाडौं। विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउने, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी डेब्ट इन्स्ट्रुमेन्ट र ऋणलाई समावेश गर्न धितोपत्र बोर्डले नियमावली संशोधन गरेको छ। 

बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली- २०७५ लाई संशोधन गर्दै लगानीको दायरा केही बढाएको हो। बोर्डले अर्थ मन्त्रालयको स्वीकृति लिएर साउन १ गतेदेखि संशोधित नियमावली लागू गरेको जनाएको छ। नयाँ व्यवस्थाले धितोपत्र बजारमा विदेशी कोष र लगानीलाई भित्र्याउन सहज हुने बोर्डले जनाएको छ। 

बोर्डले विदेशमा दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानूनको अधिनमा रही त्यस्तो कोष वा कोषको व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना वा कोष व्यवस्थापनको कार्य गर्न सक्ने व्यवस्था गरेको छ। 

संशोधित नियमावलीमा प्राइभेट इक्विटी फण्डको दायरा विस्तार गरी प्राइभेट इक्विटीको परिभाषामा साधारण सेयरमा परिवर्तनीय धितोपत्र वा ऋणपत्रको स्वरुप भएको उपकरण वा ऋण वा स्वःपुँजीसँग सम्बन्धित अन्य उपकरणमा लगानी गर्ने कोष भनेर थप गरेको छ। 

भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी परिभाषामा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रूमेन्ट) वा ऋण लगानी गर्ने कोष भनेर थप गरेको छ। योग्य लगानीकर्तामा द्विपक्षीय वा बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताको साथै विदेशी विदेशी व्यक्ति, विदेशी फर्म, विदेशी कम्पनी, विदेशी संस्थागत लगानीकर्ता, विदेशमा दर्ता भएको कोष, विदेशी कोष व्यवस्थापक र अन्य यस्तै प्रकारको संगठित संस्थालाई समावेश गरिएको छ।