Mobile shopping is more of an offline store than an online one

Mobile shopping is more of an offline store than an online one

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण भएको लकडाउनमा इन्टरनेटमा आाधारित गतिविध बढेका छन्। व्यापारदेखि सिकाइसम्म इन्टरनेटमा आाधारित गतिविधि बढेको छ।

ताजा तरकारीदेखि खाद्यन्नका सामग्रीसम्म खरिद गर्दा उपभोक्ताहरुले अहिले अनलाइनबाट अर्डर गरिरहेका छन्।

अनलाइन गतिविधि बढेपनि गुणस्तर र विशेषतामा ढुक्न हुने मोबाइल, कम्प्युटर तथा विद्युतीय सामग्रीको व्यापार भने अनलाइन माध्यमबाट खासै भएको छैन। गार्मेन्ट, एससरिजको गुणस्तर भरपर्दो नहुने भएपनि ब्रान्डेड हुने भएकाले मोबाइल जस्ता वस्तुको व्यापार नबढ्नुमा नेपाली उपभोक्ताहरु अझै पनि बार्गेनिङ गरेर र छुट पाइन्छ भन्ने विश्वासका साथ भौतिक पसल नै रुचाउने गरेको व्यवसायीहरु बताउछन्।

प्रत्यक्ष किन्दा थोरै भएपनि छुट हुन्छ भन्ने आशाले पनि ग्राहकले मोबाइल अफलाइनमा नै धेरै किन्ने गरेको न्युरोड मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताए।

‘मोबाइल आयात हुन सकेको छैन र मात्रै हो। केही तुरून्तै चाहिएकाले लकडाउनमा अनलाइनबाट किने पनि अहिले पसल खुलेपछि पसलमै आएर किन्ने ग्राहकको भीड उत्तिकै छ,’ उनले भने, ‘फोन हातले चलाएर, सेल्फी खिचेर मात्र ग्राहकले मोबाइल किन्छन्।’

उनकाअनुसार कोरोना भाइरसका कारण ग्राहको व्यवहार भने केही परिवर्तन भएको छ।

पहिले मानिस ढुक्कले आउँथे रोजी रोजी किन्थे भने अहिले आफूले लिने सामान पहिले नेटमा हेर्छन् र बजारमा त्यहीँ सामान किन्ने गरेको उनले बताए।

अनलाइन स्टोरबाटभन्दा अफलाइन स्टोरबाट मोबाइल बढी बिक्री हुने गरेको शाओमीले बताएको छ। कम्पनीकाअनुसार शाओमीका ग्राहक अनलाइनमा भन्दा अफलाइनमा बढी छन्।

ओपोले भने अफलाइनबाटै मोबाइल बेच्ने गरेको छ। कम्पनी आफैले अनलाइनबाट बेचेको छैन। ग्राहकको अनलाइनबाट भन्दा अफलाइनबाटै किन्न रूचाउने गरेको हुवाइले बताएको छ।

source: https://www.setopati.com/kinmel/information-technology/214482