Drive-through service of Baluwatar Kitchen Express
Jul 11, 2020
१५ वर्षदेखि होटलमा मजदुरको रुपमा काम गरिरहेका मुक्ती दाहालले नजिकका नातेदारहरुसँग मिलेर काठमाडौंको गैरीधारामा बालुवाटार प्यालेस निर्माण गरे।
परिवारका ६ जना सदस्यहरुसँग साझेदारीमा निर्माण भएको बालुवाटार उक्त प्यालेस गएको मंसरदेखि सञ्चालनमा आएको थियो। पाँच करोड बढी लागतमा निर्माण भएको उक्त प्यालेस सञ्चालन भएको पाँच महिना नपुग्दै लकडान भयो।कोरोना भाइरस संक्रमणको जोखिमका कारण लकडाउन अघि पनि भोज भतेर जस्ता कार्यक्रममा कमी आइसकेको थियो। सञ्चालन हुनेवित्तिकै कोरोना कहर भोगेको उक्त प्यालेस लकडाउनपछि त शून्य कारोबारमा झरिहाल्यो।’धन्न हामी सबै हस्पिटालिटी क्षेत्रकै अनुभव भएका थियौ र बाहिरका मान्छे राखेका थिएनौं। त्यसैले जेनतेल व्यावसायिक लाभमात्र गुमायौं। नत्र अरु पनि समस्या हुने थियो’ सञ्चालक मुक्ती दाहालले भने।राजधानीको पाँचतारे होटलमै १५ वर्षजति काम गरेका दाहाल र विदेशका विभिन्न होटलमा दुई दशको हस्पिटालिटी क्षेत्रमा अनुभव भएका सन्तोष कुमार लम्साल मुख्य सञ्चालक हुन्।
उनीहरुले आफ्नै अनुव तथा व्यावसायिक ज्ञानका आधारमा यो व्यवसायमा हात हालेका थिए। तर कोरोनाले सुरुमा प्रहार गर्यो। तर उनीहरुले कोरोनालाई बहाना बनाए व्यवसाय बन्द गरेर बसेनन्।’हामीले प्लान बीलाई तत्काल लागू गर्यौ। बीचमै रेष्टुरेन्ट चलाउने निष्कर्षमा पुग्यौ’ सञ्चालक लम्सालले सेतोपाटीसँग भने।
उनीहरुको प्लान बी थियो बैंकेटसँगै रेष्टुरेन्ट। गैरीधारामा रहेको बैंकेट रहेकै ठाउँमा अहिले बालुवाटार किचेन एक्सप्रेस नामको रेष्टुरेन्ट चलाएका छन्।उनीहरुले सुरुका केही वर्ष बैंकेटकै रुपमा सञ्चालन गर्ने योजना बनाएका थिए। त्यसपछि विस्तारै रेष्टुरेन्ट, तालिम केन्द्र पनि सञ्चालन गर्दै जाने योजना बनाएका थिए। तर कोरोनाका कारण छिटै यसमा जानुपरेको लम्सालले जानकारी दिए।
‘ड्राइभ थ्रु सर्भिस’
जसरी कोरोनाका कारण उनीहरुले छिटै रेष्टुरेन्ट चलाए। त्यसैगरी नयाँ अवधारणामा उनीहरुको रेष्टुरेन्ट छ। सरकारले लकडाउन केही खुकुलो बनाएर ‘टेक अवे’ प्रणालीबाट रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेपछि उनीहरुलाई पनि खाली रहेको बैंकेटबाट व्यवसाय सञ्चालन गर्ने जाँगल चल्यो।’सहरमा रेष्टुरेटन्टहरुले होम डेलिभरी गरिरहेका थिए। टेकअवे भनेपनि टेबलमै बस्नुपर्ने अर्डर गरेपछि लामो समय कुर्नुपर्ने समस्या थियो। यस्तोमा हामीले नेपालमा नभएको तर विदेशमा राम्रै अभ्यासमा भएको ड्राइभ थ्रु सर्भिस सुरु गर्यौ’ सञ्चालक लम्सालले भने।
ड्राइभ थ्रु सर्भिस नेपालमै पहिलोपटक भएको उनको दाबी छ।
यसमा कुनै पनि ग्राहकले अर्डर गरेपछि गाडी वा सवारीसाधनबाट नओर्ली खाना लिएर निस्किनसक्छन्।’हाम्रो गेट भित्र छिर्नेवित्तिकै अर्डर गर्ने काउन्टर छ। गाडी वा सवारीबाट नझरी त्यहाँ भएको मेन्युअनुसार अर्डर गर्नसकिन्छ। त्यसपछि केही अगाडी बढेपछि डेलिभरी काउन्टर छ। त्यहाँ पनि गाडीबाटै कलेक्ट गर्नसकिन्छ’लम्सालले भने’हामीले अर्डर गरेको पाँच मिनेटभित्र अर्डर उपलब्ध गराउछौ। यदि काउन्टरमा पुग्दा नआएको भए पार्किङमै उपलब्ध हुन्छ।’
प्याकिङ लिएर जान मनपाराउने ग्राहकका लागि यो सुविधा राम्रो हुने अर्का सञ्चालक दाहालको दाबी छ। यसका लागि लामो समय टेबलमा बसेर कुर्न पनि नपर्ने,कसैसँग कन्ट्याक्ट पनि नहुने भएकाले यो सुरक्षित सेवा भएको उनको भनाइ छ।ड्राइभ थ्रुसँगै उनीहरुले होम डेलिभरी सुविधा पनि दिएका छन्। यसमा अर्डर गरेपछि दुई किलोमिटर क्षेत्रसम्म न्यूनतम ५ सयसम्मको अर्डर निशुल्क हुने दाहालले जानकारी दिए। २ किलोमिटर बाहिर र ५ सयभन्दा न्यूनको अर्डरमा ५० रुपैयाँ डेलिभिरी चार्ज लाग्छ।
Source: https://www.setopati.com/kinmel/business/210905

*Revive Management has aggregated the information and does not guarantee, approve or endorse the information provided.
Related
-
May 4, 2022
Stakeholder emphasis on improving the 'Digital Nepal Framework'
-
Mar 29, 2022
E-commerce going strong despite reopening of street markets
-
Feb 7, 2022
E-commerce shines as pandemic bites
-
Feb 7, 2022
Daraz launches ‘Celebrate Love’ campaign
-
Feb 7, 2022
7 Social Commerce Tips & Who’s Doing It Right
Recent News
-
May 4, 2022
Stakeholder emphasis on improving the 'Digital Nepal Framework'
-
Mar 29, 2022
E-commerce going strong despite reopening of street markets
-
Feb 7, 2022
E-commerce shines as pandemic bites
-
Feb 7, 2022
Daraz launches ‘Celebrate Love’ campaign
-
Feb 7, 2022
7 Social Commerce Tips & Who’s Doing It Right
-
Jul 12, 2021
Growth of Internet in Nepal
