Machhapuchhre Bank has introduced WE Chat Wallet

Machhapuchhre Bank has introduced WE Chat Wallet

माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक वी च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ । बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वी च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।

सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले बैंकसंग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि वी च्याट वालेटबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको ।  बैंकले फस्ट पे टेक्नोलोजीसंगको सहकार्यमा उक्त वी च्याट वालेट संचालनमा ल्याएको हो ।

बैंकले १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । 

Source: http://bizpati.com/bank/40828