Corona gave birth to three new products: to provide employment to fifty thousand

Corona gave birth to three new products: to provide employment to fifty thousand

 विश्वव्यापी रुपमा कोरोनाको महामारी बढ्दै जाँदा एक व्यावसायिक ग्रुपले नयाँ तीनवटा प्रोडक्ट बजारमा ल्याएको छ । कोरोनाको यो प्यान्डामिक अवस्थालाई मध्येनजर गर्दै उक्त समूहले अनलाइन सेवामार्फत जागिर खोज्नका लागि निःशुल्क साइट ‘हायर मी नेपाल’, कार्यालय तथा घरघरमा खाना खाजा पुर्याउनको लागि ‘सजिलो मिल्स’ र घरघरमा मेडिकल परामर्श, औषधि आपूर्ति तथा स्वास्थ्य परीक्षण गर्ने सेवा उपलब्ध गराउन ‘सजिलो मेड्स सञ्चालमा रहेको छ ।

छुट्टाछुट्टै कम्पनीमार्फत जागिर खोज्ने प्लेटफर्मदेखि रोजगारी सिर्जना कार्यक्रम अगाडि बढाइएको नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रा.लिका अध्यक्ष रमेशकुमार भट्टराईले बताए । ‘उनले भने ‘कोरोनको यो प्यान्डामिक अवस्थामा अनलाइन सेवामार्फत जागिर खोज्ने कार्यसहित कार्यालयमा खाजा तथा खानाको सेवा र घरघरमै औषधि पुर्याउन यो सो सेवा शुरु गरिएको हो ।’

नेपाल अनलाइस सेवामा धेरै पछाडी परेकोले यसमा अभ्यास गराउनका लागि पनि सेवाको आवश्यकता महसुस गरिएको र यहि १ महिनाको अवधिमा साथीहरू मिलेर सेवा सञ्चालन गरिएको भट्टराईले बताए । 

हायर मी नेपाल
नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रा.लि.ले सञ्चालनमा ल्याएको ‘हायर मी नेपाल’ जागिर दिने र जागिर खोज्नेहको लागि उपयुक्त प्लेटफम हो । रोजगारदाताले महँगोमा विज्ञापन गर्दा पनि चाहिएको जनशक्ति नपाउने तथा काम गर्न चाहने र पहुँच नहुनेले समयमा रोजेको ठाउँमा रोजगार नपाउने अवस्थालाई सहजीकरण गर्न नेशनल एकेडेमीले उक्त साइट सञ्चालनमा ल्याएको हो ।

हायर मी नेपाल डट कम साइटको माध्यमले रोजगारदाता कम्पनी, उद्योग, संस्था तथा रोजगार हुन चाहने जो सुकैले आफूलाई छुट्टै पासवर्ड लिएर रजिष्टर्ड गराउन सक्ने कम्पनीका अध्यक्ष रमेशकुमार भट्टराईले बताए ।‘आवश्यक जनशक्ति खोज्ने, सम्पर्क गर्ने, भर्चुअल माध्यमबाट अन्तरवार्ता गरी नियुक्ति लिन दिन समेत सकिने गरी सफ्टवेयर बनाइएको छ,’ उनले भने  ‘यो साइट अहिलेलाई पूर्णत निःशुल्क हुनेछ ।’ साइट प्रयोग गर्न सजिलोको लागि १५ दिन भित्रमा मोबाइल एप्लिकेशन समेत प्रयोगमा ल्याउने गरी कार्य भइरहेको छ ।

दुई वर्ष भित्र पाच लाख संस्था र व्यक्तिलाई यो साइटमा आवद्ध गराइ न्यूनतम पचास हजारलाई रोजगारी दिलाउने गरी कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष भट्टराईले बताए । विदेशमा दक्ष जनशक्ति उत्पादन गरी आउट सोसिङका माध्यमबाट कम्पनीहरुलाई उपलब्ध गराउने सिस्टम रहेको छ । नेशनल एकेडेमीले पनि सोही अवधारणमा तालिम केन्द्र सञ्चालन गरी चाहिएको ठाउँमा दक्ष जनशक्ति परिपूर्ति गर्ने कार्यक्रम समेत ल्याउन थालेको अध्यक्ष भट्टराईले बताए ।

सजिलो मिल्स

सजिलो मिल्सले गत मंगलबारबाट अनलाइन फुड डेलिभरी शुरु गरेको छ । व्यक्तिले चाहे अनुसारको तयारी खाना घर–घरमा पुर्याउने उद्देश्यले सजिलो मिल्स प्रालिले सेवा शूरु गरेको हो । कम्पनीले पहिलो चरणमा काठमाडौंभित्र सञ्चालनमा रहेका रेष्टुरेन्टहरूका खानाहरू ग्राहकको स्वाद, इच्छा र रोजाइ अनुसार अर्डर गरेको एक घण्टामा घरमा पुर्याइरहेको छ । हाल सम्म रिङरोटभित्र ३५ वटा रेष्टुरेन्टसँग सम्झौता गरिएको छ ।

दोस्रो चरणमा घरमा तयार हुने सस्तो, गुणस्तरीय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कर्पोरेट हाउसमा पुर्याउने कार्यक्रम बनाएको छ । घरमा तयार हुने खानाको लागि उपत्यका भित्र पाँच–पाँच जना महिलाको समूह बनाइ पच्चीस स्थानमा खाना बनाउने केन्द्र पव्लिक प्राइभेट पार्टनरसिपमा तयार गरिनेछ । 

उनीहरुलाई आवश्यक सामाग्री, तालिम र सुविधा उपलब्ध गराएर रोजगारी श्रृजना गरिने छ । घरको काम सकाएर र फुर्सदमा रहने महिला जनशक्तिलाई सक्रिय र उत्पादनशील बनाउने प्रयास गरिने बताएको छ । यसमा अष्ट्रेलिया र क्यानडाबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई, इकमर्स विशेषज्ञ डा. सुनिल सिंह सिंजापती तथा लण्डनमा व्यवसाय गरी फर्कका होटल व्यवसायी विष्णु बहादुर कार्की र बैंकर÷बीमा व्यवसायी रमेशकुमार भट्टराईको संयुक्त लगानी रहेको छ ।

सजिलो मेड्स

सजिलो मेड्सले घरघरमा मेडिकल परामर्श, औषधि आपूर्ति र स्वास्थ परिक्षण गर्ने सेवा दिन्छ । अनलाइन फर्माले सबैको घरघरमा मूल उद्देश्य लिएर सजिलो मेडसले साउन १३ गतेबाट काठमाडौंमा आफ्नो कार्य संचालन गरिरहेको छ । विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर खोलिएको कम्पनीले घरघरमा मेडिकल परामर्श, औषधि आपूर्ति र स्वास्थ्य परीक्षण गर्ने सेवा दिइरहेको छ । 

पहिलो चरणमा इमर्जेन्सी पर्दा अनलाइबाट डाक्टरको परामर्श लिन सकिने र प्रत्येकले साइटमा प्रेस्किप्सन अपलोड गरेको आधारमा आवश्यक औषधि पुर्याउने र दोस्रो चरणमा काठमाडौं भित्र तोकेको केन्द्रबाट ल्याव सेवा प्रदान गरिरहेको छ । यो सबै कार्य मैतिदेवी स्थित कार्यालयबाट अनलाइन सफ्टवेयरमार्फत संचालन, नियन्त्रण र निर्देशन गर्ने कम्पनीका अध्यक्ष चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराईले बताए

वैदेशिक रोजगारी र अध्ययनको लागि प्रायः प्रत्येक घरबाट विदेशिएको कारण घरमा रहने वृद्ध वृद्धालाई स्वास्थ्य सेवा लिनमा आइरहेको कठिनाइलाई हेरेर सेवा पुर्याउने लक्ष्यले पनि सजिलो मेड्सको अवधारणा ल्याइएको हो । विदेशमा लामो समय काम गरेका दक्ष व्यक्ति, काठमाडौंको प्रतिष्ठित डाक्टर, औषधि व्यवसायी र प्रोफेशनल मिलेर कम्पनी स्थापना र संचालन गरिएकोले स्वास्थ्य परामर्श र आवश्यक औषधि घरघरमा पुर्याइरहेको कम्पनीले जनाएको छ ।

                          Source: https://aarthiknews.com/news/22098

*Revive Management has aggregated the information and does not guarantee, approve or endorse the information provided.