Gyapu plans to expand its services to Vietnam and India as well as South Asia

Gyapu plans to expand its services to Vietnam and India as well as South Asia

नेपाली कमर्श कम्पनी ‘ग्यापु’ले आफ्नो सेवा भारत र भियतनाममा समेत विस्तार गर्ने योजना बनाएको छ।

लकडाउनको सुरूआतमा खाद्यान्न, फलफूल, तरकारी लगायतका सामानको डेलिभरी गरेको कम्पनीले छिट्टै आफ्नो सेवा अन्य बाहिरी देशमा पनि विस्तार गर्न लागेको हो।

‘ग्यापु भियतनाम’ र ‘ग्यापु इन्डिया’ भनेर सुरूआतमा ती दुई देशमा सेवा विस्तार गर्न लागिएको ग्यापुका संस्थापक ग्यानेन्द्र खड्काले बताए।

लकडाउन खुलेको तीन महिना भित्र सेवा सुरू गर्ने उनले जानकारी दिए। ‘हामीले जनवरीमा लञ्च गर्ने योजना बनाएका छौं। तर लकडाउन नै भइरह्यो भने त सकिँदैन,’ उनले भने, ‘लकडाउन खुलेको तीन महिना भित्र सेवा सुरू गर्छौ।’

‘सफ्टवेयर तयारी छ। प्राविधिक हायर गर्ने, भेण्डर खोज्ने र डेलिभरी सिस्टम तयार गर्ने हो धेरै समय लाग्दैन,’ उनले थपे।

उनी नेपालमा भन्दा विदेशमा काम गर्न सहज हुने बताउँछन्।

‘नेपालमा त हामीले छोटो समयमै ठूलो सफलता हासिल गर्न सफल भयौं भने विदेशमात झनै सहज हुन्छ,’ उनले भने, ‘बाहिर इकमर्शमा काम गरिरहेका भेण्डर हुन्छन्। डेलिभरी गर्न पनि सहज हुन्छ।’

दुवै देशमा उनी एक्लैको लगानी छ। एक्सल ट्रिपको कार्यालय भएर पनि आफूलाई सेवा दिन सहज भएको उनले बताए।

भारत इकमर्शमा धेरै अगाडि छ। नेपाल र भारतबीच व्यापार गर्न सहज भएकाले भारतमा सेवा विस्तार गर्न चाहेको उनले बताए।

त्यस्तै, भियतनाम इकमर्शको फ्रेस मार्केट र ठूलो देश भएर भियतनाम उनको पहिलो रोजाईमा परेको हो।

सेवा विस्तार पछि तिनै देशका सामान एक अर्काले किन्न सक्नेछन्। नेपालको सामान बाहिरी देशमा लैजान यसले थप मद्यत गर्ने उनको विश्वास छ।

ती दुई देशमा सफल भए दक्षिण एशियामै सेवा विस्तार गर्ने उनको योजना छ।

‘अहिले एशियाका दुई देशबाट सुरू गरेका छौं। सफल भए एशयन कन्ट्री भरिनै ग्यापुलाई विस्तार गछौं,’ उनले भने।


हाल ग्यापुमा हजार बढी भेन्डर र चार लाख बढी प्रोडक्ट उपलब्ध छन्। स्थापनाको छोटो समयमै वेबसाईट र मोबाइल एप मार्फत ८० हजार ग्राहक दर्ता भइ सेवा लिइरहेका छन्।

दस करोडको लगानिमा सुरु गरिएको ग्यापुले हाल दैनिक दस लाख बढीको कारोबार गरिरहेको छ।

कम्पनीले सेल्सवेरी र सिभिल मलसँग पनि सम्झौता गरेको छ।

ग्यापुबाट सामान किन्दा कुनै पनि बैंकका भिसा, मास्टर, डेबिट कार्ड र मोबाइल बैंकिङ तथा विद्युतीय भुक्तानी प्रणालीबाट पैसा तिर्न सकिन्छ।

 Source: https://www.setopati.com/kinmel/business/214934