Growing Online Business in Nepal after lockdown

Growing Online Business in Nepal after lockdown

पछिल्लो समय मुलुकमा अनलाइन व्यापार तीव्र गतिमा फष्टाउँदै गएको छ । कोभिड १९ को संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनपछि अनलाइन व्यापार थप बढ्दै गएको हो ।उपभोक्ताले अनलाइनबाट सामान अर्डर गरेर सहजै घरमै सामान पुग्ने भएकाले पनि यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको हो । २० वर्षअघि डिजिटल बजारको अवधारणा आएपनि पछिल्लो १० वर्षको अवधिमा मुलुकमा धेरै नै अनलाइन व्यापार विस्तार हुँदै गएको व्यवसायीले बताएका छन् ।ब्राण्डवर्थ प्रालीले आयोजना गरेको फोनपे डिजिटल इकोनोमी कन्क्लेभमा सहभागि सरोकारवाला व्यक्तिले लकडाउनपछि अनलाइन व्यवसाय विस्तार हुँदै गएकाले यसलाई नियमनसँगै व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन ।

सस्तो डिलका सञ्चालक अमन थापा पछिल्लो समय अनलाइन व्यवसाय फष्टाउँदै गएको बताउँछन् । अहिले वार्षिक रुपमा एक सय ५० प्रतिशतका दरले अनलाइन व्यापार बढ्दै गएको बताए । १० वर्षअघि ९ प्रतिशत मात्र इन्टरनेटको सुविधा भएको अहिले मुलुकभर इन्टरनेट पहुँज बढ्दै गएकाले अनलाइन व्यापार पनि फष्टाउँदै गएको उनको भनाइ छ ।
 

अहिले स्मार्टफोनको प्रयोग ५० प्रतिशतले बढेकाले पनि अनलाइन व्यापार पहिलो नम्बरको व्यापार बन्न गएको बताउँदै उनले अनलाईन पेमेन्ट प्रणालीजटिल भएकाले सहजीकरण गर्न अति आवश्यक रहेको बताए ।उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव गणेश पाण्डेले अनलाइन व्यवस्थित र नियमन गर्नका लागि नीतिगतरुपमा कानून बनाउन लागिएको जानकारी दिए ।

विभिन्न क्षेत्रगत कानूनले यस व्यापारलाई समेटेकाले थप व्यवस्थित बनाउनका लागि कानूनको विधेयकमा छलफल भइरहेको उनको भनाइ छ । नेशनल पेमेन्ट गेटवे नहुँदा विदेशबाट अनलाइन व्यापारको भुक्तानी गर्न कठिन भएकाले यसलाई सहजीकरण गर्न लागिएको उनको भनाइ छ ।

मुलुकमा साना, घरेलु तथा मझौला उद्योगको क्षमता वृद्धि गरी अनलाइनमार्फत व्यापार गर्न चुनौती रहेको उनको भनाइ छ ।

 

नगद भुक्तानी प्रणालीलाई डिजिटल कारोबारमा ट्रान्सफर गर्ने सरकारको योजना रहेकाले यसलाई नीतिगत तरवरमा संरक्षण गर्न लागिएको बताउँदै उनले उपभोक्ताले कुन कुन कुरा सुरक्षित राख्न पाउने भनेर संविधानमै व्यवस्था गरिएपनि अनलाइन व्यापारमा औपचारिक रुपमा तथ्याङक दुरुपयोग भनेर उजुरी नआएको उनले जानकारी दिए ।

फुडमान्डुका सञ्चालक मनोहर अधिकारीले सुरुमा ग्राहकलाई अनलाइन व्यापारको बारेमा बुझाउन धेरै नै समय लाग्न गरेकोमा पछिल्लो समय यसमा धेरै नै सुधार आएको जानकारी दिए । अनलाइन व्यापार सहरी क्षेत्रमा लोकप्रिय बन्दै गएपनि गाउँ-गाउँ सम्म विस्तार गर्न धेरै नै समस्या रहेको उनको भनाइ छ ।

बजारमा अनलाइन व्यापारको माग बढ्दै गएपनि कोभिडको कारणले दक्ष जनशक्ति अभावले गर्दा समयमा सामान पुर्याउन कठिन परेको भन्दै यस व्यसायको पूर्वाधार विकास सुधार गर्न अति आवश्यक रहेको बताए ।

इन्टरनेटको पहुँच सवै ठाउँमा नभएकाले सामान वितरण गर्न समेत समस्या भएकाले उनको भनाइ छ । लकडाउनपछि अनलाइन व्यापारमा ग्राहकको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

 अर्बन गर्ल्सकी सहसञ्चालक निकिता आचार्यले उपत्यकामा मात्र नभएर पोखरा लगायतका अन्य शहरमा अनलाइन व्यापारमाप्रति युवाको आर्कषण बढ्दै गएको बताइन् । लकडाउनपछि मुलुकमा धेरै नै अनलाइन व्यापार स्थापना भएर पनि सामान आपूर्ति गर्न धेरै नै समस्या हुने गरेको उनको भनाइ छ ।

ग्राहकको चाहना अनुसार नै सेवा प्रदान गरिरहेकाले गुणस्तरीय सेवा प्रदान गरेर ग्राहकलाई विश्वास दिलाउने काम गरिरहेको उनको भनाइ छ । तालिम दिएर पनि बाहिर जाने क्रम बढ्दै गएकाले व्यवसाय सञ्चालन गर्नका लागि दक्ष जनशक्तिको अभाव रहेको पनि उनले उल्लेख गरिन् ।

लकडाउनपछि धेरै नै संख्यामा अनलाइन व्यापार गर्ने कम्पनी स्थापना भएका छन । व्यवसाय सञ्चालन भइरहेकाले मुलुकमा गैरकानूनी ढंगले ५० हजारभन्दा बढी अनलाइन कम्पनी सञ्चालन भइरहेका छन् ।

Source: https://www.techpana.com/2020/50517/

*Revive Management has aggregated the information and does not guarantee, approve or endorse the information provided.