How we do Digital Payment in Nepal
Apr 30, 2021
आधुनिक प्रविधिहरूले मानिसहरूको जीवन सहज र सरल बनाउँदै छ । मुद्राको प्रयोग नभएको अवस्थामा मानिसहरू माना, पाथी, ढक, तराजु यस्तै यस्तै अनेक वस्तुहरूको प्रयोग गरेर आफ्नो आर्थिक क्रियाकलापहरू सञ्चालन गर्थे । पछि क्रमश मुद्राको प्रयोगले मानिसको आर्थिक कारोबार सहज हुदै गयो । बैंक तथा वित्तीय संस्थाहरूको सुरुवात बाट अझ आर्थिक गतिविधिमा सरलता आयो । हाल भने इन्टरनेटको माध्यमबाट घरमा नै बसी बसी आफ्ना आर्थिक क्रियाकलापहरू गर्न सकिने भएको छ ।
सरकारले पछिलो समय कोरोना कहरको कारण लकडाउन गर्ने घोषणा गरेको छ । यस्तो अवस्थामा घरबाट बाहिर निस्कने अवस्था हुँदैन । आफ्ना आर्थिक कामहरू अब घरमा नै बसेर गर्नु पर्ने हुन्छ । त्यसकारण घरमा नै बसेर आर्थिक गतिविधि कसरी गर्ने र के के सामग्रीहरूको आवश्यक पर्छ भनेर जान्नु आवश्यक छ । सामान्य आफ्ना खर्चहरूको बिल डिजिटल भुक्तानिबाट गर्न सिक्यौँ भने पनि हाम्रो जीवन यो अवस्थामा पनि सरल हुने देखिन्छ । यसका लागि निन्न कुराहरूको ज्ञान हुनु आवश्यक छ ः
डिजिटल भुक्तानिको लागि बैंकबाट एएमएस बैंकिङ, मोवाइल बैंकिङ् तथा इन्टरनेट बैंकिङ् साथै कनेक्ट आइ पि एस को आावश्यक पर्छ । यसको लागि खाता खोल्दा नै यी सेवाहरू लिनु पर्दछ । यदि लिइएको छैन भने सम्बन्धित बैंक बाट यसको फारम भरी यस्तो सेवा लिन सकिन्छ ।
एसएमएस बैंकिङ सेवा
यो सेवा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई एसएमएसमार्फत उनीहरुको खाताको बारेमा जानकारी दिने गर्दछन् । एसएमएस बैंकिङबाट पैसाको कारोबार लेनदेन पनि गर्न सकिन्छ ।
मेवाइल बैंकिङ् सेवा
मोवाइलमा सम्बन्धित बैंकको मोवाइल बैंकिङ् एप मार्फत आर्थिक कारोबार गर्न सकिन्छ । ब्यालेन्स हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रिन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, युटिलिटी सर्भिस (जस्तै मोबाइलको बिल तिर्ने) जस्ता कार्यहरु मोवाइल बैकिङबाट प्राप्त हुने केही सुविधाहरु हुन् ।
मोवाइल बैंकिङ सेवा लिने तरिका
- आफ्नो खाता रहेको बैंकको मोबाइल बैंकिङ एप डाउनलोड गर्ने ।
- एप इन्स्टल गरिसकेपछि त्यहाँ रहेको सेल्फ रिजस्ट्रेसन, लगईन अप्सनमा क्लिक गर्ने ।
- त्यस पछि त्यहाँ मागिएको विवरण राखेर अगाडि बढ्ने ।
- बैंकमा खाता नम्बर र राखेको मोबाइल नम्बर भेरिफाइ भएपछि बैंकले एसएमएसको रुपमा ओटीपी एक्टिभेसन कोड पठाउनेछ ।
- प्राप्त कोड एपमा राखेपछि मोबाइल बैंकिङ एक्टिभेट गर्न लगईन पासवट राख्ने र डन गर्ने ।
यति गरेपछि मोबाइल बैंकिङ सेवा एक्टिभ हुन्छ । मोबाइल बैंकिङ मार्फत आफुले वस्तु तथा सेवा खरिद गर्दा आफ्नो क्युआर कोड मार्फत सिधै रकम भुक्तानी गर्न सकिन्छ । यसो हुँदा नोटहरु प्रयोग गरिरहन पर्दैन ।
इन्टरनेट बैंकिङ् सेवा
इन्टरनेटको माध्ययमबाट बैंकले उपलब्ध गराउने सेवा नै इन्टरनेट बैंकिङ् सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरू आफ्नो कम्प्युटरबाट प्राप्त गर्न सक्दछन् । यस सेवाबाट रेमिट्यान्स, स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टि.भी, विजुलीको बिल तथा खानेपानीको बिल तिर्न सकिन्छ ।
इन्टरनेट बैंकिङ् बाट कसरी सेवा लिने ?
बैंकले उपलब्ध गराएको यूजर नेम र पासवर्डसंग सम्बन्धित बैंकको लग इन पेज मा राख्ने अनी पहिलो पटक प्रयोग गर्दा पासर्वड परिर्वतन गर्न भन्छ, त्यसपछि नयाँ पासवर्ड राख्ने । पासवर्ड राख्दा बैंकको पासवर्ड पोलिसी अनुसार राख्नु पर्दछ । पटक पटकसम्म युजरले गलत पासवर्ड राखेमा युजरको खाता स्वतः लक हुन सक्छ । यस्तो अवस्थामा आएमा युजरले आफ्नो शाखा मार्फत खाता अनलकको अनुरोध पठाउनुपर्दछ ।
डिजिटल बैंकिंङसंगै पेमेन्ट गेटवेसँग पनि अभ्यस्त हुन अति आवश्यक
एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड लगायतका माध्यमहरु भनेका बैंक वित्तीय संस्थाले ग्राहकलाई उपलब्ध गराएका भुक्तानीका माध्यम हुन्। यसबाट कुनै पनि बस्तु तथा सेवा खरिद गरेपश्चात त्यसको भुक्तानी गर्नलाई ग्राहकलाई सहज त हुन्छ तर यस प्ल्याटफर्मबाट दैनिक जीवनमा चाहिने धेरै बस्तु तथा सेवाहरु प्राप्त गर्न तथा त्यसको भुक्तानी गर्नलाई सिमितता रहेको छ। त्यसैले पनि अनलाइन मार्फत हुने खरिद तथा बिक्रिका लागि र त्यसको लागि प्राप्त तथा भुक्तानी गर्नलाई पेमेन्ट गेटवे अनिवार्य जस्तै भईसकेको छ।
हाल बजारमा नेपाल राष्ट्र बैंकबाट अनुमति लिएका पेमेन्ट गेटवेको संख्या २८ पुगेको छ। यस मध्ये केहि बर्षौदेखि काम गरिरहेका छन् भने केहि हालै मात्र अनुमती लिएर संचालनमा आएका छन् भने केहि संचालनमा आउँन बाँकी नै छन्।
सेवा र सुविधाको लागि सकेसम्म धेरै मर्चेन्ट भएका, ठुलो नेटवर्क भएका र धेरै भन्दा धेरै बैंक वित्तीय संस्था तथा सहकारीमा आबद्ध भएका र नेपालभर संजाल भएका पेमेन्टवे कम्पनीलाई आफ्नो रोजाईको कम्पनी बनाउँदा बढी लाभ उठाउन सकिन्छ।
बजारमा इसेवा सबैभन्दा पुरानो र ठुलो नेटवर्क भएको पेमेन्टवे हो भने यस्को माउ कम्पनी फोनपे आफैंमा डिजिटल भुक्तानीको लागि लिडिंङ आइटी कम्पनी हो। यति मात्र नभई इसेवा सबै भन्दा धेरै बैंक वित्तीय संस्थासँग आबद्ध भएको संस्था हो भने यसले सन् २००८ अर्थात १२ बर्षदेखि नै निरन्तर रुपमा पेमेन्ट गेटवेको सुविधा दिंदै आएको छ।
बालबच्चाको स्कुल फि, इन्टरनेटको बिल तिर्न मात्र नभई घरमै बसेर अनलाइन मार्फत एयरलायन्सको टिकेट, बसको टिकेट खरिद गर्नलाई समेत इसेवा उचित प्ल्याटफर्म बन्न सक्छ। त्यसो त पछिल्लो समय नेपालमा हुने फुटबल, क्रिकेट, इभेन्ट लगायतका टिकेटहरु समेत इसेवा मार्फत सहजै किन्न सकिने अवस्था बनेको छ।
इसेवासँगै बजारमा खल्ती, आइएमईपे, प्रभुपे, नमस्ते पे, मोरु, लगायतका पेमेन्ट गेटवे कम्पनीहरु संचालनमा रहेका छन्। यी कम्पनीहरु पनि तपाइँको बिकल्प बन्न सक्छन। प्ले स्टोरमा गएर इसेवा लगायतका आफुलाई अनुकुल हुने कम्पनीका एप्स डाउनलोड गरेर त्यहाँ दिईएको सुझाव पछ्याउने हो भने सहजै इसेवा लगायतका ई कम्पनीमा आबद्ध हुन् सकिन्छ। प्ले स्टोरसँगै वेबपोर्टल मार्फत पनि आबद्ध हुन् सकिन्छ।
इसेवा लगायतका पेमेन्ट गेटवे मार्फत भुक्तानी गर्दाको अर्को फाइदा भनेको यहाँ नगद फिर्ता पाइन्छ। जस्तो तपाइँले मोबाइल रिचार्ज वा एयरलायन्सको टिकेट इसेवा मार्फत काट्नु भयो भने टेलिकम कम्पनी वा एयरलायन्स कम्पनीले एजेन्टलाई दिने कमिसनको केहि हिस्स नगद फिर्ता योजनाबाट इसेवाले ग्राहकलाई नै फिर्ता गर्दछ। अर्कोतर्फ यस पल्याटफर्मबाट जति बढी सेवा सुविधा प्रयोग गरि भुक्तानी गर्यो उति बढी रिवार्ड पोइन्ट अर्थात अंक प्राप्त हुन्छ, यसबाट पनि ग्राहकले निश्चित अंक पुगेपछि लाभ पाउनेछन्।
त्यस्तै पछिल्लो समय भुक्तानीको लागि अर्को सजिलो माध्यम भनेको कनेक्ट आपिएस वा फोनपे पनि हो। यीनिहरु आफैंमा ग्राहकसँग प्रत्यक्ष सेवा दिने भुक्तानी सेवा प्रदायक होइनन तर सेवा सुविधा दिने बिभिन्न कम्पनीमा भुक्तानी गर्नलाई बैंक वित्तीय संस्थाको पक्षबाट भुक्तानी गर्न मिल्ने एउटा भुक्तानी प्रणाली संचालक हुन्।
कनेक्ट आइ पि एस र फोन पे के हो र कसरी प्रयोग गर्ने ?
यो इलेक्टोनिक पेमेन्ट पोटल हो । जहाँबाट आफूले गरेको खर्चहरूको भुक्तानी गर्न सकिन्छ । यो तत्काल रकम भुक्तानी गर्न सकिने अनलाइन पोटल हो । यसमा पैसा लोड गर्नु पर्दैन एक चोटी बैंक अकाउन्टसँग लिंक गरिसकेपछि कुनै पनि पेमेन्ट गर्दा खाता बाट पैसा काटिन्छ । यो राष्ट्र बैंकबाट इजाजत प्राप्त छ ।
यसका लागि मोवाइलमा प्लेस्टोर तथा एपस्टोर बाट एप डाउनलोड गरी आफ्नो मोवाइलमा इस्टल गर्नु पर्दछ । डेस्कटपमा भने गुगल बाट यसको पेज खोल्न सकिनेछ । पेज खुले पछि आफ्नो अकाउन्ट बनाउनु पर्नेछ, बनेको अकाउन्टलाई आफ्नो बैंकसगँ लिंक गर्नु पर्नेछ साथै खातालाई बैंकबाट सूचारु गर्नु पर्नेछ ।
Source: https://bizpati.com/focus/48485
*Revive Management has aggregated the information and do not guarantee, approve or endorse the information provided.
Related
-
May 4, 2022
Stakeholder emphasis on improving the 'Digital Nepal Framework'
-
Mar 29, 2022
E-commerce going strong despite reopening of street markets
-
Feb 7, 2022
E-commerce shines as pandemic bites
-
Feb 7, 2022
Daraz launches ‘Celebrate Love’ campaign
-
Feb 7, 2022
7 Social Commerce Tips & Who’s Doing It Right
Recent News
-
May 4, 2022
Stakeholder emphasis on improving the 'Digital Nepal Framework'
-
Mar 29, 2022
E-commerce going strong despite reopening of street markets
-
Feb 7, 2022
E-commerce shines as pandemic bites
-
Feb 7, 2022
Daraz launches ‘Celebrate Love’ campaign
-
Feb 7, 2022
7 Social Commerce Tips & Who’s Doing It Right
-
Jul 12, 2021
Growth of Internet in Nepal