Esewa and Viber is interconnected
Dec 17, 2020
इसेवा र म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्न साझेदारी भएको छ। यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरी टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्ने कम्पनीले जनाएको छ।
यस किसिमको साझेदारी एसिया प्रशान्त क्षेत्रमा पहिलो पटक भएको छ। यो सुविधा नेपालका सबै भाइबर प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ।
भाइबरबाटै कारोबार गर्न सकिने सुविधा दिएको विषयमा इसेवाका सिओओ रोशन लामिछानेले भने, ‘हामी भाइबरसँग सहकार्य गरी नयाँ सुविधा प्रदान गर्दैछौं। यस किसिमको सहकार्यले प्रयोगकर्तालाई नौलो अनुभूति त दिलाउनेछ नै, नेपालको डिजिटल कारोबारलाई अगाडि बढाउन ठूलो भूमिका खेल्छ भन्ने विश्वास लिएका छौं।'
यस्तै भाइबरका प्रमुख ग्रोथ अधिकृत अन्ना जन्मेन्स्कायाले भने, ‘हामीले सधैं भाइबर प्रयोगकर्तालाई अधिकतम लाभ हुने कुराको कल्पना गरेका छौं। हाम्रा प्रयोगकर्ताले आफ्नो वित्तीय कारोबार र रकम आदानप्रदानलाई सकेसम्म सुरक्षित र सुविधाजनक बनाउन प्लेटफर्म निर्माण गरेका छौं। यस कार्यमा हामी नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायकसँग साझेदारी गर्न पाउँदा उत्साहित छौं।’
कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत वा अधिकतम सय रूपैयाँसम्म क्यास ब्याक पाइनेछ। यस्तै ५० रूपैयाँ ट्रान्स्फर गर्दा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ। यसबाहेक साप्ताहिक आधारमा आकर्षक उपहार तथा भौचर जित्ने मौका मिल्नेछ। बम्पर उपहारमा एकजना भाग्यशाली प्रयोकगर्ताले ल्यापटप उपहार पाउनेछन्।
नेपालमा हालसम्म म्यासेन्जिङ एपहरू सन्देश पठाउन/प्राप्त गर्न तथा आफन्त वा प्रियजनसँग सम्पर्क गर्न मात्र प्रयोग भइरहेकामा प्रयोगकर्ताले अतिरिक्तसुविधा प्राप्त गर्न राखेको चाहनालाई मध्यनजर गर्दै रिचार्ज गर्न तथा वित्तीय कारोबार गर्न सकिने सुविधा दिइएको कम्पनीको भनाइ छ।
प्रयोगकर्ताको सुरक्षा, सुरक्षित कारोबार तथा अनधिकृत लेनदेन हुन नदिन भाइबर र इसेवा दुवैले आवश्यक सुरक्षा मापदण्ड तय गरेका पनि विज्ञप्तिमा उल्लेख छ।
Source: https://www.setopati.com/kinmel/information-technology/223915
Related
-
May 4, 2022
Stakeholder emphasis on improving the 'Digital Nepal Framework'
-
Mar 29, 2022
E-commerce going strong despite reopening of street markets
-
Feb 7, 2022
E-commerce shines as pandemic bites
-
Feb 7, 2022
Daraz launches ‘Celebrate Love’ campaign
-
Feb 7, 2022
7 Social Commerce Tips & Who’s Doing It Right
Recent News
-
May 4, 2022
Stakeholder emphasis on improving the 'Digital Nepal Framework'
-
Mar 29, 2022
E-commerce going strong despite reopening of street markets
-
Feb 7, 2022
E-commerce shines as pandemic bites
-
Feb 7, 2022
Daraz launches ‘Celebrate Love’ campaign
-
Feb 7, 2022
7 Social Commerce Tips & Who’s Doing It Right
-
Jul 12, 2021
Growth of Internet in Nepal