Two more franchises to be launched in Nepali market

Two more franchises to be launched in Nepali market

काठमाडौं। चीनको फेसन जगतमा ‘टप फाइभ’ मा पर्न सफल ब्राण्ड ‘मिसिओ’ आइतबारदेखि नेपाली बजारमा आएको छ। नेपालका लागि अधिकृत विक्रेता मिनीसो नेपालले सिभिल मलमा आउटलेट सञ्चालनमा ल्याएको हो।


सबै मौसममा लगाउन सकिने थरि थरिका पहिरन मिसिओले बजारमा ल्याउने गरेको छ। मिनिसोले मास्टर्स् फ्रेन्चाइज पाएको खण्डमा अप्रिलमा थप आउटलेट खोल्ने योजना रहेको कम्पनीकी फ्रेन्चाइज विभाग प्रमुख रज्जु तण्डुकारले बताइन। उनका अनुसार निकट भविष्यमा बानेश्वर र ललितपुर लगायतका स्थानमा फ्रेन्चाइज खोल्ने योजना छ।

       
‘यो चाइनाको टप फाइभ ब्राण्डमा पर्छ। ‘यिसियन’ ब्राण्ड विश्वव्यापी रूपमा मिसीओको नाममा फैलिन लागेको छ। मिसिओको फर्स्ट फ्ल्यागसिप नेपालमा पहिलो रहेको छ,’ उनले भनिन्, ‘यो फर्स्ट फ्ल्यागसिप आउटलेट हो। सञ्चालनमा ल्याउनका लागि कम्पनीबाट आउनुभएका उच्च पदाधिकारी आफैं लागि पर्नुभएको छ।’ नेपालका लागि मिनीसो पहिलो आउटलेट रहेका कारण कम्पनीका प्रबन्ध निर्देशक लगायत उच्च पदाधिकरी सहयोगका लागि सहभागिता जनाएको उनले बताइन्।

उनका अनुसार चीनमा यो ब्राण्डका दुई हजारवटा शोरुम छन्। ‘अहिले ब्राण्डवाइज कोही पनि कन्सियस छैन। त्यो इन्ट्रोड्युज गर्न पनि ल्याएका हौं,’ उनले भनिन्, ‘यसमा हामीले युवालाई मात्र लक्षित गरेका छैनौं। महिला-पुरुष लक्षित उत्पादन राखेका छौं। कम्पनीको किड्स वेयर पनि छ, तर हामीले एक वर्षपछि किड्स वेयर ल्याउने योजना बनाएका छौं।’

 
आउटलेटमा ग्राहकले न्यूनतम १५ सय रूपैयाँ मूल्यदेखिका पहिरन खरिद गर्न सक्ने उनले बताइन्। जाडोका  पहिरनको तुलनामा गर्मीमा लगाइने पहिरनको मूल्य सस्तो छ।  

Source: bizmandu.com