Startup Idea Call

Startup Idea Call

नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान ( स्टार्टअफ आईडीया कल) कार्यक्रम शुरु भएको छ । 

सरकार, वित्तीय संस्था र नीति क्षेत्र  बीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान कार्यक्रम सुरु गरेका हुन् । काठमाडौंमा बुधवार आयोजित समुद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका हुन् । 

कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालले बागमती प्रदेशभित्र व्यवसाय गर्ने दुई सय युवाहरुलाई लगानी गरिने बताए । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरे । 

नवप्रवद्र्धन प्रस्ताव आह्वान, तालीम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले  त्रिपक्षीय सहकार्यमा निकट भविष्यमा यो कार्यक्रम अन्य प्रदेशमा पनि लैजाने बताए । नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कस्लाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर दुविधामा भएका युवाहरुलाई माघ महिनासम्ममा आइडिया पठाउने युवाहरुलाई गरी फागुन र चैत्र महिनामा तालीमप्रदान गरी सहुलियकतपूर्ण कर्जा प्रवाह हुने छ । नेपालमा उद्यमी बन्न चाहने युवाकालागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने विश्वास लिइएको छ ।

कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री कैलाप्रसाद ढुङ्गेल, राष्ट्रिय सभाका सांसद माननीय डा. बिमला राई पौडेल, बागमती प्रदेश सरकारका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले नयाँ नेपाल निर्माणका लागि यो कार्यक्रमको सफलताको लागि शुभकामना दिए । कार्यक्रममा युवा उद्यमी तथा सरोकारवाला पक्षहरुको उपस्थिति रहेको थियो । 

Source:https://corporatenepal.com/news/detail/203735/