Groceries now in every streets

Groceries now in every streets

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मोबाइल भ्यानको लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटले कम्पनीमा दुई वटा मोबाइल भ्यान किन्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी  शर्मिला सुवेदीले बताइन् । 

उनले भनिन्, कम्पनीले घुम्ती व्यापार गर्ने उद्देश्यले दुईवटा मोबाइल भ्यान किन्न लागेको हो । उक्त भ्यान सार्वजनिक खरिद ऐन अनुसार नै खरिद हुने छ । यस भन्दा अगााडि पूरानो ट्रकलाई कम्पनीले घुम्ती व्यापारको लागि घुमाइरहेको थियो । कम्पनीका तिन वटा ट्रकमध्ये एकले मात्र घुम्ती व्यापार गर्न लागेको बताइन् । मोबाइल भ्यान खरिदका लागि टेन्डर आह्वानको सूचना लगभग १५ दिनभित्र प्रकाशन हुने सुवेदीले जनाएकी छन् ।

काठमाडौं उपत्यका विभिन्न गल्ली गल्लीमा घुम्ती व्यापार गर्न मोबाइल भ्यानले सहज हुने बताइन् । हाल व्यापारभन्दा पनि कम्पनीले के–के खाद्यवस्तुहरु बिक्रि गरिहेको छ त्यसको जानकारी दिनको लागि पनि यो घुम्ती सेवालाई कम्पनीले बिशेष जोड दिन लागेको सूचना अधिकारी सुवेदीले बताइन् । 

हाल संस्थान व्यापार कम्पनीमा परिणत भएको ६ महिना पूरा भएको भए पनि कम्पनी अनुसार काम भने गर्न सकेको छैन । अहिलेसम्म खाद्यले गर्दै आएको कामलाई मात्र अगाडी बढाइरहेको उनको भनाई छ ।  अब नयाँ बनेको कम्पनीको कस्तो किसिमको क्षेत्र हुने, कस्तो खालको कारोबार सञ्चालन गर्ने भन्ने कुरामा विज्ञहरुको सहयोगका साथ अगाडि बढ्ने कम्पनीले जनाएको छ । 

कुनै तयारी बिना हतारहतारमा संस्थानबाट कम्पनीमा आउँदा कम्पनीको शैलीमा काम गर्न नसकेको सूचना अधिकारी सुवेदीले बताइन । उनले भनिन, ‘संस्थानबाट कम्पनीमा आउनुअघि नै कम्पनीअनुसार नै भौतिक पूर्वाधार जनशक्तिलगायत तयारी  भएर आउनुपथ्र्याे तर यसको कुनै तयारी बिना नै एक्कासि कम्पनीमा आउँदा पुरानो खाद्य संस्थानले गर्दै आएको शैलीमा नै काम गर्नुपरेको हो  ।’

सार्वजनिक खरिद ऐन अन्र्तगत काम कारोबार गरेर प्रतिष्पर्धामा जान कम्पनीलाई अफ्ठयारो हुनका साथै सबै नियम लागू गर्न नसकिने भएको छ । त्यसैले कम्पनीले आफ्नो सहजताको लागि कार्यविधिको ड्राफ्ट तयार पारि सोही माथि छलफल गरिरहेको  सूचना अधिकारी सुवेदीले बताइन् । हालसम्म खाद्यसंस्थानको विनियमावलीबाट काम भइरहेको र अबका दिनमा चाँही कम्पनीले आफ्नै विनियमावली तयार पार्नको लागि कमिटि गठन गरेको जानकारी दिइन् । 

संस्थानबाट कम्पनीको कामलाई कसरी अघि बढाउने भन्ने कार्ययोजना, कर्मचारी विनियमावली, आर्थिक तथा खरिद कार्यविधि  बनाउने तयारी भइरहेको उनले जानकारी गराइन । हाल कार्यालय व्यवस्थापन कसरी गर्ने भन्ने एउटा  खाका तयारी गर्ने काम भइरहेको छ । कम्पनीलाई अगामी दिन अगाडी बढाउन आम जनताको सहयोग अपेक्षा समेत कम्पनीले गरेको बताइन् ।  

Source: aarthiknews.com