Corona changes global 'shopping trend', online shopping to stay safe.

Corona changes global 'shopping trend', online shopping to stay safe.

 

कोरोना महामारीका कारण विश्वभरको सपिङ ट्रेन्ड बदलिएको छ। यस बीचमा अनलाइन सपिङमा निकै उछाल आएको छ। ग्रोसरी, किताब, सौन्दर्य प्रसाधन, बच्चाका अत्यावश्यक सामाग्रीसँगै उपभोग्य वस्तुहरुको अनलाइन किनमेल निकै बढेको हो।

कसैको सम्पर्कमा आउनु नपर्ने र अर्डर गरेपछि ढोकामै सामान आइपुग्ने भएकाले सुरक्षित हुनका लागि पनि मानिसहरु अनलाइन सपिङको सहारा लिन थालेका छन्।मानिसहरुले अत्यावश्यक मात्र नभइ कम जरुरी सामानहरु पनि किनमेल गरिरहेका छन्। अप्रिलको तथ्यांक हेर्ने हो भने क्यानडामा लकडाउनका बीच घरमै बसेर मानिसहरुले अण्डा, गितारका तार तथा बच्चाहरुले खेल्नका लागि  ट्रेम्पोलिनको अनलाइन किनमेल गरिरहेका थिए।मानिसहरु बाहिर निस्केर किनमेल गर्दा हुने हैरानी र जोखिमबाट बच्नका लागि महामारीको तनावका बीच किनमेलको बानीबेहोरासमेत बदलिरहेका छन्।

अनलाइन सपिङ बिगत लामो समयदेखि भइरहेको भए पनि हालमात्रै  यो मूलधारमा आएको छ। सामाजिक दूरी कायम गर्नुपर्ने तथा संक्रमणका डरका कारण यसको आवश्यकता बढ्दै गएको छ।

अमेरिकामा अनलाइन किनमेलको साइट अमेजन ९० को दशकको मध्यदेखि आएको भए पनि सन् २०१० पछिमात्रै अनलाइन सपिङ कुल खुद्रा किनमेलको ६ प्रतिशत रहेको थियो। बेलायतमा अनलाइन सपिङ २००६ मा कुल खुद्रा बिक्रीको ३ प्रतिशत थियो। २०२० मा १९ प्रतिशतमा आइपुगेको थियो। महामारीका बीच भने यो बढेर ३० प्रतिशत पुग्यो।मे २०२० मा अमेरिकामा नन स्टोर रिटेलर्सको बिक्री बढेर ३१ प्रतिशत भयो।विकासशील देशहरुमा पनि अनलाइन सपिङ ट्रेन्ड सुरु भइसकेको छ। सन् २०२२ सम्ममा ती देशहरुमा करिब तीन अर्ब इन्टरनेट प्रयोगकर्ता हुने बताइएको छ।

चीनमा रिटेलमा अनलाइन बिक्री पहिले नै २० प्रतिशत थियो। अमेरिका, बेलायत, जर्मनी तथा फ्रान्सजस्ता देशहरुमा पनि यो प्रतिशत धेरै छ।कोभिड-१९ भन्दा पहिले दैनिकीमा किनमेलका लागि इन्टरनेटमा यति धेरै निर्भरता शायदै पहिले थियो। केही समय अघिसम्म पनि अनलाइन सपिङलाई ठूलो डिलका रूपमा हेरिँदैनथ्यो। कोरोनाका बीच भइरहेको अनलाइन किनमेलको सफलता देख्दा महामारी अन्त्य भइसकेपछि पनि यो दैनिकीको अभिन्न अंग बनिरहने देखिन्छ। 

Source: https://bizmandu.com/content/20200803103931.html

*Revive Management has aggregated the information from the internet and does not guarantee, approve or endorse the information provided.