18 Millions SIM card with out Data in Nepal

18 Millions SIM card with out Data in Nepal

नेपालमा आधाभन्दा धेरै मोबाइल सिम कार्डमा डेटा सेवा नरहेको पाइएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार ४७.४६ प्रतिशत अर्थात एक करोड ८० लाख ३३ हजार ७८२ मोबाइल सब्सक्राइबर (ग्राहक) डेटा सेवाबाट बाहिर देखिएका हुन् ।

प्राधिकरणका अनुसार हाल नेपालमा कुल तीन करोड ४७ करोड ६ लाख ४८५ मोबाइल सिमकार्ड सञ्चालनमा छन् । कुल प्रयोगकर्तामा इन्टरनेट चलाउने ग्राहकमा नेपाल टेलिकम एनसेलभन्दा अगाडि देखिएको छ ।

टेलिकमका कुल मोबाइल ग्राहकको संख्या एक करोड ९३ लाख ७४ हजार ५९५ रहेको छ । जस मध्ये डेटा प्रयोगकर्ताको संख्या ५२.४६ अर्थात एक करोड एक लाख ६३ हजार ९६० रहेको छ ।
 

यसमा थ्रीजी प्रयोगकर्ता ८४ लाख २२ हजार ९३१, फोरजी चलाउने १६ लाख चार हजार ४५६ र ईभीडीओमा एक लाख ३६ हजार ५७३ रहेका छन् । तर मोबाइल प्रयोगकर्ता एक करोड ५३ लाख ३१ हजार ८९० रहेको एनसेलका डेटा प्रयोगकर्ताको संख्या भने ४२.४५ प्रतिशत अर्थात ६५ लाख आठ हजार ७४३ रहेको छ ।

 

यसमा थ्रीजी प्रयोगकर्ता २७ लाख ७९ हजार २९० र फोरजी ग्राहकको संख्या ३७ लाख २९ हजार ४५३ रहेको छ । यसैगरी २१ लाख ५९ हजार ७७५ ग्राहक रहेको तेस्रो मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमका डेटा प्रयोगकर्ताको संख्या ८.४५ प्रतिशत अर्थात एक लाख ८२ हजार ५४५ मात्र रहेको छ ।

Source: https://www.techpana.com/2020/50444/

 * Revive Management has aggregated the information and do not guarantee, approve or endorse the information provided.