Tourism Industry at Risk in  Nepal

Tourism Industry at Risk in Nepal

कोरोना महामारीका कारण गत वर्ष वैशाख २०७७ मा शून्यमा झरेको नेपालमा पर्यटक आगमन सुधार हुँदै २२ हजार पुग्दा फेरि ठप्प हुन पुगेको छ । अघिल्लो वर्ष वैशाखमा आकस्मिक उडानमा आएका र विदेशमा बसेका नेपाली नागरिक आफन्त भेट्न आएकाबाहेक पर्यटकको सूचीमा परेनन् । जसका कारण गत वर्ष बैशाखमा पर्यटक आगमन ठप्प भएको थियो ।

एक वर्षपछि पर्यटक आगमन सुधार भएर २२ हजार पुगेको भएपनि फेरि ठप्प हुन पुगेको छ । यो वर्ष भने २३ वैशाख २०७८ पछि पर्यटक आगमन ठप्प हुन पुगेको हो । हाल नेपालमा उडान बन्दले अड्किएका पर्यटक रहेको र नयाँ आउने क्रम २३ वैशाखदेखि नै रोकिएको अध्यागमन विभागले जानकारी दिएको छ ।

सरकारले १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको र २३ वैशाखदेखि अन्तर्राष्ट्रिय उडानसमेत रोकेका कारण नेपालमा हाल १९ हजार पर्यटक अड्किएका छन् । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार सोमबार ३ जेठ २०७७ मा अद्यावधिक गरेको तथ्यांक अनुसार नेपालमा भिसा अवधि सकिएको १७ सय र १७ हजार ३ सय भिसा अवधि बाँकी रहेका पर्यटक छन् ।

भिसा अवधि सकिएका १७ सय पर्यटकको भिसा अपडेड गर्न बाँकी रहेकोले यी पर्यटकलाई निषेधाज्ञा अवधिभर भिसा शुल्क रजरीवाना छुट दिने निर्णय गरिएको पनि भट्टराईले बताए ।

                                     

उनले भने ‘निषेधाज्ञा खुलेको एक साताभित्र स्वादेश फर्कन चाहने पर्यटकले भिसा अवधि सकिएवापतको कुनै दण्ड जरीवाना र भिसाशुल्क तिर्नुनपर्ने निर्णय गरेको पनि भट्टराईले कर्पोरेट नेपाललाई जानकारी दिए ।

विभागका अनुसार सरकारले २३ गते रातिबाट अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि २४ गते नै  भिसा सेवा शुल्कको बारेमा सार्वजनिक जानकारी भने दिइसकेको थियो । यस्तो सूचना अनुसार निषेधाज्ञा अवधिभरका भिसा शुल्क, विलम्ब शुल्क र जरीवाना नलिने, १५ वैशाख २०७८ सम्म वैध भिसा भएका पर्यटकलाई निषेधाज्ञा खुलेको सात दिन भित्र भिसा नवीकरण गराइसक्नुपर्ने सहितका सूचना जारी गरेको छ । निषेधाज्ञा उपत्यकामा १६ देखि २९ सम्म र त्यसपछि थप भएर जेठ १३ सम्मका लागि घोषणा गरिएको छ ।

निषेधाज्ञा लम्बिएको भएपनि विदेशी पर्यटकले जहिले खुल्छ त्यसपछिको एक साताभित्र भिसासम्बन्धि सेवा लिन र अद्यावधिक गराउन आए हुने व्यवस्था गरेको पनि विभागका महानिर्देशक भट्टराईले बताए । विभागको तथ्यांक अनुसार सन् २०२१ को अप्रिल महिनामा नेपालमा २२ हजार ४५० जना विदेशी पर्यटक भित्रिएका थिए । सो महिना १७ हजार ५७७ जना विदेशीमात्रै स्वदेश फर्किएको तथ्यांकमा उल्लेख छ । 

महामारीपछि नेपालमा पर्यटक
कोरोना महामारी सुरु भएपछि एक वर्षक करिब ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै तंग्रने प्रयास गर्दै गर्दा कोरोनाको दोस्रो लहरले फेरि थलिन पुगेको छ । नेपालमा पर्यटक आगमन विस्तारै बढ्न थालेको भएपनि १६ वैशाखपछिको निषेधाज्ञाले फेरि घट्ने अवस्थामा पुगेको छ ।

११ चैत २०७६ देखि सरकारले कोरोना नियन्त्रण गर्न गरेको बन्दले गर्त वर्ष अप्रिलमा जम्मा १३ जना मात्रै विदेशी नेपाल आएका थिए । त्यसपछिको एक वर्षमा विस्तारै पर्यटक आगमन बढ्न थालेको भएपनि फेरि सुस्त हुने अवस्थामा पुगेको छ । मासिक २२ हजारको आगमन आइपुगेको भएपनि फेरि आगमन खुम्चन थालेको छ ।

१७ प्रतिशतले पर्यटन क्षेत्र छोडे
नेपालमा पर्यटक आगमन कम भएपनि यो क्षेत्रमा आश्रित मजदुर तथा व्यवसायीमध्ये १७ प्रतिशतले पेशा नै परिवर्तन गरेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन् । उनी भन्छन्, ‘कोभिडले पर्यटन क्षेत्र थला नै परेको छ । यो समयमा धेरैले पेशा र व्यवसाय छोडेका छन् औपचारिक रूपमै पेशा छोड्ने र अन्यत्रै लाग्नेको हिस्सा भने कुल पर्यटनमा आश्रितमध्ये १७ प्रतिशत पुगेको अनुमान गरिएको छ

 Source:https://corporatenepal.com/news/detail/208500/

**Revive Management have collected information from internet sources and do not guarantee, approve or endorse the information provided in the article.**