Startup Idea Call
Feb 3, 2020
प्रायः मान्छेले भन्न अप्ठ्यारो मान्ने विषयमा उनी खुलेर बोल्छिन्। कर्लीको यही विषेशता धेरैलाई प्यारो र रमाइलो लाग्छ। सामान्य मान्छैजस्तै देखिन्छिन् कर्ली। तर फरक तरिकाले प्रस्तुत भइरहेकी छन्, जसले उनलाई अरूभन्दा विशेष बनाएको छ।
कर्ली जीवित मान्छे होइनन्, ‘स्टुडियो सर्कास्टिक’ अन्तर्गतको ‘द्याट’ ब्रान्डकी कार्टुनमध्येकी एक पात्र हुन्। कार्टुन भइकन उनले मान्छे जीवनका सामान्य भनाइलाई दैनिक प्रयोग हुने सामानमा रमाइला तरिकाले प्रस्तुत गर्छिन्।
‘पानी खान नबिर्सी’, ‘तोङ्बा ओइ तोङ्बा’, ‘उल्टोपाल्टो जिन्दगी’, ‘भोलिदेखि स्योर डाइटिङ’, ‘नपढ्नेलाई सरकारी स्कुल भर्ना गरिदिन्छु’, ‘संस्कारी सेल्फी’, ‘नो होमवर्क अन्ली केरकार’, ‘एक झोला हसल’, यी द्याटका उत्पादनमा बढी देखिने भनाइ हुन् जुन धेरैजसो कर्लीले बोल्छिन्।
प्रायः मान्छेले भन्न अप्ठ्यारो मान्ने विषयमा उनी खुलेर बोल्छिन्। कर्लीको यही विषेशता धेरैलाई प्यारो र रमाइलो लाग्छ। सामान्य मान्छैजस्तै देखिन्छिन् कर्ली। तर फरक तरिकाले प्रस्तुत भइरहेकी छन्, जसले उनलाई अरूभन्दा विशेष बनाएको छ।
कर्ली जीवित मान्छे होइनन्, ‘स्टुडियो सर्कास्टिक’ अन्तर्गतको ‘द्याट’ ब्रान्डकी कार्टुनमध्येकी एक पात्र हुन्। कार्टुन भइकन उनले मान्छे जीवनका सामान्य भनाइलाई दैनिक प्रयोग हुने सामानमा रमाइला तरिकाले प्रस्तुत गर्छिन्।
‘पानी खान नबिर्सी’, ‘तोङ्बा ओइ तोङ्बा’, ‘उल्टोपाल्टो जिन्दगी’, ‘भोलिदेखि स्योर डाइटिङ’, ‘नपढ्नेलाई सरकारी स्कुल भर्ना गरिदिन्छु’, ‘संस्कारी सेल्फी’, ‘नो होमवर्क अन्ली केरकार’, ‘एक झोला हसल’, यी द्याटका उत्पादनमा बढी देखिने भनाइ हुन् जुन धेरैजसो कर्लीले बोल्छिन्।
‘द्याट जीवनशैली ब्रान्ड हो, जहाँ मानिसले हरेदिन भोग्ने सामाजिक कुरालाई उनीहरूकै भेषमा कार्टुनबाट व्यक्त गरिन्छ,’ द्याटकी सञ्चालक स्नेहा कोइराला भन्छिन्, ‘बोल्दा वा सुन्दा कसैलाई अपमानजस्ता लाग्ने भनाइ हाँस्य र कलाको स्पर्श साथ परिभाषित गर्नु यसको लक्ष्य हो।’
दुई वर्षअघि दर्ता गरिएको ‘स्टुडियो सर्कास्टिक’को नाममै छ व्यंग्य। व्यंग्यात्मक शब्द भएकाले यो ब्रान्डले तीता लाग्ने सत्य भनाइ जिस्किएका पारामा प्रस्तुत गर्ने अनुमान लगाउन सकिन्छ।
यस्तो धारणालाई ब्रान्डका रूपमा सञ्चालनमा ल्याउनु स्नेहाकै स्वाभावले पनि ठूलो भूमिका खेलेको छ। ३० वर्षीय स्नेहा आफैं कर्ली पात्र जस्तै देखिन्छिन्- घुम्रेको कपाल, ठूलो चस्मा।
रचनात्मक सोच र संंसारलाई रमाइलो तरिकाबाट हेर्ने उनले आफ्नो व्यक्तित्व ब्रान्डमा झल्काएकी छन्। नेपालीमा ‘त्यो’ अर्थ लाग्ने ‘द्याट’ कुनै कुरा भन्न वा पहिचान गराउन प्रयोग हुने शब्द हो।
‘छोटो भएकाले अंग्रेजी नबोल्नेले पनि सजिलै बोल्न सकून् भनेर यो शब्द छानेकी हुँ,’ उनी भन्छिन्, ‘नेपाली नाम दिन सकिन्थ्यो तर हाम्रो देशमा मात्र नभएर विश्वव्यापी रूपमै सञ्चालन गर्ने सकियोस् भन्ने उद्देश्य छ। सबैलाई उच्चारण गर्न सहज हुने नाम चाहियो नि।’
स्नेहाले आफ्ना उत्पादन भारतमा पनि ब्रिकी गरिरहेकी छिन्। अब पाकिस्तानमा पनि सुरू हुन लागेको छ। उनका अनुसार संसारभरका मान्छे, संस्कृति र तिनको जीवनशैलीलाई उनको ब्रान्डले पछ्याएको छ।
द्याट नामकरण गरेर दुई वर्षअघि मात्र आधिकारिक काम सुरू गरे पनि स्नेहाले त्यसअघि नै स्टुडियोमार्फत् सामान बेचिरहेकी थिइन्। कार्टुनलाई मौलिक शैलीमा बनाउने उनको प्रतिभा धेरै देशमा चर्चित भइसकेको उनी बताउँछिन्।
भारतबाट मार्केटिङमा एम.बि.ए गरेकी स्नेहा एक वर्षअघि ‘भेस्पा’ स्कुटरको मार्केटिङमा काम गर्थिन्। तर कार्टुनप्रतिको मोह नै उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ हो।
सन् २०११ तिरको कुरा हो। पढाइक्रममा भारत बसेका बेला एक दिन उनका नजर ‘चुम्बक’ नामक जीवनशैली ब्रान्डमा पुग्यो। दैनिक जीवनका गतिविधिलाई डिजाइनमार्फत् सामानमा ढाल्ने कामले उनलाई आकर्षित गरेको थियो।
‘कार्टुन बनाउने सोच पहिल्यैदेखि थियो। त्यसलाई सिर्जनात्मक रूपमा कसरी ल्याउने भन्ने आइडिया थिएन,’ उनी भन्छिन्, ‘चुम्बक ब्रान्डका उत्पादन देखेपछि आफ्नो प्रतिभा प्रभावशाली रूपमा बाहिर ल्याउन प्रेरित भएँ।’
स्नेहाले विस्तारै कार्टुन बनाउन र फोटोसप तथा डिजिटल आर्ट सिक्न थालिन्। भारत बसुन्जेल उनले काम र पढाइबाहेक कार्टुनमा पनि ध्यान दिइन्।
नेपाल फर्केर उनी मार्केटिङमा काम गर्न थालेकी थिइन्। कार्टुन बनाउने इच्छा जीवितै थियो तर आर्थिक स्थिरता नहुने डरले अलमल परेकी थिइन्।
यसैबीच ‘ह्यारी पोटर’का नेपाली फ्यानहरूले बनाएको ‘पोटर हेड नेपाल’ नामक फेसबुक पेजमा उनले एउटा पोस्टर बनाएर राखिन्। स्नेहाका अनुसार त्यो देखेर धेरैले उनीसँग पोस्टर र पोस्टकार्ड माग्न थाले। तिनकै लागि पोस्टर र पोस्टकार्ड बनाएर बेचेको पैसा कार्टुनबाट पाएको उनको जीवनको पहिलो कमाइ थियो।
यसले स्नेहालाई झनै हौस्यायौ। उनी नयाँ डिजाइनबारे सोच्न थालिन्। उनका प्रशंसकका प्रतिक्रियाअनुसार काममा नयाँपन ल्याउने कोशिस गरिन्।
स्नेहाले कामकै बीचमा ‘स्टुडियो सर्कास्टिक’ खोलिन् र त्यति बेलै आफ्नो कार्टुनलाई पोस्टकार्ड र पोस्टरमा उतार्दै बेच्न थालिसकेकी थिइन्। पछि भने जागिर र स्टुडियो सम्हाल्न गाह्रो भयो।
‘दिनभर अफिसको काम, रातभर स्टुडियोमा बसेर कार्टुन बनायो,’ उनी भन्छिन्, ‘अर्डरका सामान पुर्याउने समय नहुने। धेरै धपेडी भएर एकपटक बिरामी समेत परेँ। मन कार्टुनमा थियो र दिमाग मार्केटिङमा।’
यहीँ क्रममा उनकी सहकर्मीले भनेको कुरा सम्झिइन्।
‘यदि तिमीले देखेको सपनामा काम गर्दैनौं भने अरू कोहीले तिमीलाई त्यहीँ काम गर्न लगाउँछ,’ यसले स्नेहाको मन छोयो।
आमाले पनि उनलाई भनेकी थिइन् रे, ‘आफ्नो मनले चाहेको काम गर्नुपर्छ।’
उनले जागिर छाडिन्।
नेपालमा कमिक व्यवसाय खासै नफस्टाएको भए पनि संसारमा ठूलो उत्पादन रहेको उनले बुझेकी थिइन्।
‘हामीकहाँ कमिक भनेको ब्याटम्यान, स्पाइडर म्यान र एभेन्जर्स मात्र हुने सोच छ,’ स्नेहा भन्छिन्, ‘पत्रपत्रिकामा देखिने साना कार्टुन, जो हाम्रो दैनिक जीवनका घटना बोलिरहेका हुन्छन्, ती पनि कमिककै विधा हुन्। तर यहाँ तिनको महत्व बुझिँदैन, विदेशीले भने धेरै रूचाउँछन्।’
उनले आफ्नो इन्स्टाग्राममा थुप्रै नयाँ पात्रको कमिक बनाएर पोस्ट गर्छिन्। तिनै पात्रलाई उत्पादनमा ढाल्छिन्।
‘द्याट’का नोट बुक, पार्सपोर्ट र मोबाइलका खोल, मग, टोट ब्याग, पोस्टर, कुसन खोल, कार्ड गरेर १८ किसिमका उत्पादन छन्। उत्पादनको सबभन्दा सस्तो १ सय ५० रूपैयाँको पोस्टकार्ड छ र महँगोमा २ हजार ५ सयको क्लच ब्याग।
दैनिक सामानमा कार्टुन देख्दा मान्छेले रमाइलो मान्ने भएकाले आफ्ना भावना व्यक्त गर्न यिनै उत्पादन रोजेको उनी बताउँछिन्।
स्नेहाले सिर्जेका कार्टुनका आकार अनियमित भए पनि मान्छेकै झैं अनुहारमा दाग, मोटो, दुब्लो चित्रण गर्छिन्।
‘इन्टरनेटमा कार्टुन पात्रमा कतै खोट नभएको विशेषता देखाइन्छ, जुन गलत हो,’ उनी भन्छिन्, ‘यसले मानिसमा आत्मसम्मान कम हुँदै जान्छ। वास्तवमा अपूर्णताले नै मान्छेलाई पूर्ण देखाउँछ र कार्टुनमा यस्तै पात्र बनाउनुपर्छ।’
स्नेहाले यही विषयमा ध्यान दिएर आफ्नो कमिकको नाम ‘द रेगुलर कमिक अफ एन इरेगुलर गर्ल’ राखेकी छिन्। कार्टुन वा कलाको मौलिकतामा स्नेहा गम्भीर छन्। तर हामीकहाँ कलाको महत्व नबुझी इन्टरनेटबाट खोजेका कार्टुन ‘कस्टमाइज’ गरिने उनको गुनासो छ।
‘मनपरेको चित्रबाट प्रेरित भएर त्यसैलाई आफ्नो शैलीमा ढाल्न सकिन्छ तर दुरुस्तै सार्नु हुँदैन,’ उनी भन्छिन्, ‘कस्टमाइजेसनले नयाँपनलाई खुम्च्याउँछ।’
उनले आफ्ना सामान उत्पादन पनि नेपालबाहिरै गर्नुपरेको छ।
‘यहाँ उत्पादन लागत र बजार दुवै महँगो पर्छ,’ स्नेहा भन्छिन्।
उद्यमीका लागि सहज सरकारी नीति नहुँदा समस्या परेको उनको बुझाइ छ। कहिलेकाहीँ दिक्क पनि लाग्छ रे। तर कैंयन अप्ठ्यारामा पनि टिकिरहेकी स्नेहालाई धैर्य गर्नुपर्छ भन्ने थाहा छ।
भन्छिन्, ‘आइडिया छ भन्दैमा उद्यमी बन्न सकिँदैन। कतिले काम सुरू गरेको केही महिनामै हार खाएको देख्छु। तर यो लामो यात्राको सानो दुरी मात्र हो। आइडियालाई बजारमा बेच्न सक्नुपर्छ। त्यसैले अध्ययन जरूरी छ।’
Source: setopati.com
Related
-
May 4, 2022
Stakeholder emphasis on improving the 'Digital Nepal Framework'
-
Mar 29, 2022
E-commerce going strong despite reopening of street markets
-
Feb 7, 2022
E-commerce shines as pandemic bites
-
Feb 7, 2022
Daraz launches ‘Celebrate Love’ campaign
-
Feb 7, 2022
7 Social Commerce Tips & Who’s Doing It Right
Recent News
-
May 4, 2022
Stakeholder emphasis on improving the 'Digital Nepal Framework'
-
Mar 29, 2022
E-commerce going strong despite reopening of street markets
-
Feb 7, 2022
E-commerce shines as pandemic bites
-
Feb 7, 2022
Daraz launches ‘Celebrate Love’ campaign
-
Feb 7, 2022
7 Social Commerce Tips & Who’s Doing It Right
-
Jul 12, 2021
Growth of Internet in Nepal